अर्थ / बजार
खबरी दाई — अर्थ / बजार सम्बन्धी सम्पूर्ण ताजा समाचार र विश्लेषण

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राकृतिक विपत्तिका बाबजुद जलविद्युत तथा पूर्वाधार क्षेत्रमा लगानीको वातावरण सुरक्षित रहेको बताएका छन्।

मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर
२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा म्यानपावर कम्पनीलाई सबएजेन्टका रुपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ । मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा यसअघि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै मुख्य कन्ट्र्याक्टरका रूपमा देखाइएको थियो । त्यसको […]

१०० मिटर सडकसामु राज्य हायलकायल, उपभोक्तालाई अभाव, महँगी र सास्ती
मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क टुटेको बिहीबार १२ दिन पुगेको छ । कारण हो, ‘कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिनु ।’ पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीसँगको मुख्य सडक सञ्जाल टुटेको छ ।

अपर तामाकोशीमा निर्वाचित सञ्चालकविनै बोर्ड बैठक बोलाइएपछि विवाद
कम्पनीको साधारणसभाबाट निर्वाचत र स्वतन्त्र सञ्चालकहरूलाई नबोलाइ नेपाल विद्युत् प्राधिकरणका पदेन सञ्चालक तथा ऋणदाता संस्थाहरूका आमन्त्रित सदस्यहरूलाई बोर्ड बैठकमा बोलाइएको खुलेको छ ।

बागमती प्रदेश : कर्मचारीको नयाँ तलबमान स्वीकृत, बाख्रा र मत्स्य विकास केन्द्र पुनः अलग
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीहरूको तलबमान पनि स्वतः लागू हुने गरी समायोजन गर्ने निर्णय गरेको हो।
