आइतबार, २७ भदौ २०८३|🕒 राति १२:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

बंगलादेश र नेपालबीच टी–२० शृङ्खला आयोजना गर्न राजदूत भण्डारीको प्रस्ताव

२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् । मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) […]

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
दिउँसो ०३:२५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

बंगलादेश र नेपालबीच टी–२० शृङ्खला आयोजना गर्न राजदूत भण्डारीको प्रस्ताव
खेलकुद

२६ भदौ, काठमाडौं । नेपालले बंगलादेशसँग द्विपक्षीय टी–२० क्रिकेट शृङ्खला आयोजना गर्न औपचारिक प्रस्ताव अघि बढाएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकबीच ढाकामा बिहीबार भएको भेटवार्ताका क्रममा भण्डारीले उक्त प्रस्ताव अघि सारेका हुन् । मन्त्री हकले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग छलफल अघि बढाउने बताएका छन् ।

Place Your Ad Here - In-Article Content MPU

भण्डारीले भेटका क्रममा हालै नेपालमा आएको विनाशकारी बाढीपछि बंगलादेश सरकारले गरेको समयमै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । भण्डारीले नेपाल र बंगलादेशबीच उत्कृष्ट राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन सकिने बताए । उनले पछिल्लो समय दुवै देशबीच कुनै द्विपक्षीय क्रिकेट शृङ्खला नभएको उल्लेख गर्दै टी–२० शृङ्खला आयोजना गर्न प्रस्ताव राखेका थिए । 'हाम्रो टोली बंगलादेश आउन पूर्ण रूपमा तयार छ, वा बंगलादेशलाई नेपालमा पनि हार्दिक स्वागत गर्नेछौं' राजदूत भण्डारीले भने ।

प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राज्यमन्त्री अमिनुल हकले खेलकुद कूटनीतिलाई क्षेत्रीय सहकार्यको प्रभावकारी माध्यमका रूपमा बंगलादेशले प्राथमिकता दिएको बताए । उनले प्रक्रिया अघि बढाउन नेपाललाई औपचारिक आशयपत्र पठाउन आग्रह गर्दै त्यसपछि मन्त्रालयले बीसीबीसँग आवश्यक छलफल सुरु गर्ने जानकारी दिए। भेटका क्रममा राज्यमन्त्री हकले पर्वतारोहण र उच्च भूभाग प्रशिक्षणमा नेपालसँग सहकार्य विस्तार गर्ने प्रस्ताव पनि राखेका थिए ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#खेलकुद#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper