आइतबार, २७ भदौ २०८३|🕒 राति १२:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

बादलको प्रतिवेदनका २० हाइलाइटस्- चुनाव हारेकै कारण ओलीको योगदान अवमूल्यन गर्न मिल्दैन

२५ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ३८ पेज लामो प्रतिवेदन तयार गरेका छन् । उनले भोलि कार्यदलको बैठकमा पेश पर्नका लागि तयार गरेको प्रतिवेदनमा उनले अहिले ओलीलाई हटाउन खोज्ने कोसिस व्यर्थ हुने बताएका छन् । उनले अध्यक्षको बचाउमा ल्याएको प्रतिवेदनको २० वटा हाइलाइट्स् यस्ता छन् : […]

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
बिहान १०:२० बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

बादलको प्रतिवेदनका २० हाइलाइटस्- चुनाव हारेकै कारण ओलीको योगदान अवमूल्यन गर्न मिल्दैन
राजनीति

२५ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ३८ पेज लामो प्रतिवेदन तयार गरेका छन् । उनले भोलि कार्यदलको बैठकमा पेश पर्नका लागि तयार गरेको प्रतिवेदनमा उनले अहिले ओलीलाई हटाउन खोज्ने कोसिस व्यर्थ हुने बताएका छन् । उनले अध्यक्षको बचाउमा ल्याएको प्रतिवेदनको २० वटा हाइलाइट्स् यस्ता छन् : - अध्यक्ष जति नै पदाधिकारीको हिस्सा विजय/पराजय वा आरोह अवरोहका लागि जिम्मेवार बन्ने नैतिकता र साहस हरेकले प्रदर्शन गर्न सक्नुपर्दछ । पार्टी अध्यक्षलाई अकारण हटाउनु पर्छ भन्ने कोशिस सिंगो आन्दोलन र पार्टी हितविरोधी कार्य हो । - मुख्य नेतृत्वका हिसाबले पार्टी अध्यक्षको भूमिका, जिम्मेवारी र दायित्व बढी नै हुन्छ । - नेपालमा भदौ २४ गते राजीनामा दिइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक नियन्त्रणमा राखिने घटनाका पछाडि भूराजनीतिक स्वार्थ प्रतिविम्बित छैन भन्न मिल्दैन । - हामीकहाँ भदौ २३, २४ र फागुन २१ को घटना र परिणामलाई मध्यनजर गरेर कमरेड केपी शर्मा ओलीका योगदानलाई न्यूनीकरण गर्न मिल्दैन । - पार्टीको विकास र लोकप्रियताको हिसाबले मात्र होइन, निर्वाचन परिणामको हिसाबले समेत उहाँको नेतृत्वकालमा पार्टीले अभूतपूर्व उपलब्धिहरु हासिल गरेको छ । यसरी हरेक हिसाबले उहाँ राष्ट्रको बलियो नेतृत्वका रुपमा स्थापित र स्वीकार्य हुनुहुन्छ ।

Place Your Ad Here - In-Article Content MPU

- उहाँ नेकपा (एमाले) को अध्यक्षका रुपमा बलियो नेतृत्व रहेका कारण नै यसप्रकारको निषेध र आक्रमण भएको छ । - पार्टीको मुख्य नेतृत्व माथिको प्रहार दुश्मनहरुले जानीबुझी गरेका छन् । यसको उद्देश्य, आशय र अभिप्राय दुरासयपूर्ण रहेको छ । - हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत सम्मानित र स्थापित राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र प्रतिशोधपूर्ण गिरफ्तारी एवम् मुद्दामामिलामा उनिँदा एकपछि अर्कोगरी सरकारले न्यायालयबाट समेत झापड खाइरहेको छ । - एघारौं राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई विस्थापन गर्ने कोसिस व्यर्थ छ । - भदौ २३ र २४ गतेको घटना राष्ट्रको जीवनमा अत्यन्त गम्भीर र दुःखद घटना हो । यस घटनाले मुलुक प्रतिगमनको बाटोतर्फ अग्रसर छ । - स्थापित राजनीतिक दल र नेतृत्वलाई 'पुराना र भ्रष्ट' को आरोप लगाएर अनुभवहीन व्यक्तिहरुको महत्वकांक्षा प्रदर्शन गर्न र सत्ताप्राप्तिको माध्यम नयाँ पुस्ता (जेन्जी) को दुरुपयोगलाई बनाउन खोजेको देखिन्छ । - जेन्जी पुस्ता (१३ वर्ष माथि र २८ वर्ष मुनी) को अन्तर्राष्ट्रिय आयाम विश्लेषण गर्दा… आर्थिक प्रश्न लगायतका मुद्दाहरुलाई उठाएर असन्तोष फैलाउने र सत्तापलट गर्ने प्रयास भएको पाइन्छ । - नेपालमा २६ वटा सामाजिक सञ्जाललाई कानूनको दायरामा ल्याउन र सूचीकरण गर्न तत्कालीन सरकारले प्रक्रिया थालनी गर्यो ।

त्यसो गर्ने निर्णयसँगै जेन्जीका नाममा भदौ २३ (सेप्टेम्वर ८) को प्रदर्शन भयो । - प्रशासनको अनुमतिमै शान्तिपूर्ण र अहिंसात्मक प्रदर्शन आव्हान गरिएको भएतापनि त्यसमा घुसपैठ र दुरुपयोगबाट षड्यन्त्रपूर्ण ढंगले रक्तपात मच्चाउने कार्य हुन पुग्यो । - खासमा यो घटना अन्तर्राष्ट्रिय रुपमा लोकप्रियतावादको आवरणमा भइरहेका घटना परिघटनाहरुको अर्न्तसम्बन्धित कडी थियो । - त्यसको निहुँ र माध्यम नवयुवा (जेन्जी) को प्रदर्शनलाई बनाइएको भएता पनि अन्तर्यमा भयानक घुसपैठ र षड्यन्त्रको प्रपञ्च जोडिएको थियो । - भदौ २३ गते १९ जना युवाहरूको ज्यान जाने र थुप्रै युवाहरु घाइते हुनेगरी भएको दुःखद घटनालगत्तै साँझ मन्त्रिपरिषद्‌को वैठक बसी घटित घटना र मानवीय क्षतिप्रति दुख व्यक्त गर्ने… निर्णय तत्कालीन सरकारले गरेको थियो । - सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर Gen–Z युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध छ । - नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ र दुरत्साहन मार्फत जिसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै होइन भन्ने पार्टीको निष्कर्ष छ । - तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper