रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त, सहयोगको बचन
भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२५ भदौ, लिस्बन (पोर्चुगल) । रसुवाको भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्। पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावास पुगेर विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले नेपालले सामना गरिरहेको महाविपत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्। ५० भन्दा बढी मुलुकका प्रतिनिधि तथा पोर्चुगल सरकारका उच्च पदाधिकारीहरूले दूतावासमा राखिएको शोक–पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना व्यक्त गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए।
कूटनीतिक प्रतिनिधिहरूले यो कठिन घडीमा विपत्तिविरुद्ध जुध्न र नेपाललाई आवश्यक सहयोग प्रदान गर्न आफ्ना मुलुकहरू तयार रहेको सन्देशसमेत नेपाल सरकारसमक्ष पुर्याइदिन आग्रह गरेका छन्। पोर्चुगलमा रहेका अन्य विभिन्न मुलुकका कूटनीतिक नियोगहरूले पनि इमेलमार्फत शोक सन्देश पठाएका छन्। यसैबीच, नेपाली राजदूतावासले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दूतावास परिसरमा दीप प्रज्वलन गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नागरिक स्तरबाट पनि पोर्चुगलका विभिन्न स्थानमा रसुवा बाढीका पीडितको सम्झनामा शोक तथा दीप प्रज्वलन कार्यक्रमहरू आयोजना गरिएका छन्। बाढीको शोकका कारण पोर्चुगलमा रहेका नेपाली समुदायले पूर्वनिर्धारित सबै सांस्कृतिक तथा तीज विशेष कार्यक्रमहरू स्थगन गरेका छन्।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


