आइतबार, २७ भदौ २०८३|🕒 राति १२:११ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
दिउँसो ०४:१० बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प
देश

२५ भदौ, सुर्खेत । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षाका कारण वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा संरचनामा बाढी पस्नुका साथै पर्खाल भत्किएका छन् । यस्तै, चट्याङ लागेर एक जना घाइतेसमेत भएका छन् । वीरेन्द्रनगर–६ स्थित नेपाली सेनाले सञ्चालन गरेको आर्मी स्कुलको कम्पाउन्डको करिब १० मिटर पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किए पनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Place Your Ad Here - In-Article Content MPU

यस्तै, वीरेन्द्रनगर–४ शहीदपार्क निवासी सूर्य सलामीको भैँसीको पाडो खोर्के खोलाले बगाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक समन्वय गरेको जनाएको छ । वीरेन्द्रनगर–८ स्थित मोडेल कलेज नजिक सडकको नाला थुनिएपछि चार–पाँच वटा पसलमा पानी पसेको छ । प्रहरीले टोली परिचालन गरी पानीको निकासका लागि आवश्यक पहल गरेको जनाएको छ । यस्तै, वीरेन्द्रनगर–१४ लादेमा करिब ३७ वर्षीय तुलसी बुढाथोकी चट्याङ लागेर घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

उनको अवस्था सामान्य रहेको बताइएको छ । बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि प्रहरी चौकी बड्डीचौरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटाइएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने तथा थप क्षति हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper