काठमाडौं विश्वविद्यालयले मगर भाषा शिक्षक उत्पादन कक्षा सञ्चालन गर्ने
काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२५ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल मगर संघबीच एक वर्षे बीएड सञ्चालनमा सहकार्य गर्ने सम्झौता भएको छ । विश्वविद्यालय र संघबीच ‘पोस्ट–ग्य्राजुयट डिप्लोमा इन एजुकेसन इन मगर ल्याङ्वेज टिचिङ’ सम्बन्धी कोर्सका लागि सम्झौता भएको हो ।
बिहीबार भएको सम्झौतामा विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा. बालचन्द्र लुइँटेल र संघका अध्यक्ष रक्षबहादुर रैकामगरले हस्ताक्षर गरेका हुन् । नेपाल खुल्ला विश्वविद्यालयमा मगर भाषा र संस्कृतिबारे चार वर्षे स्नातक तहको पढाइ सञ्चालनमा रहेको अध्येता डा. विष्णुकमार सिंजाली मगरले जानकारी दिए । सिंजालीका अनुसार मगरभाषामा ७–८ पालिकामा स्थानीय विषय पढाइ सुरु भएको छ ।
त्यसैगरी नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले मगर भाषाका आधारभूत तहसम्मको पाठ्यक्रम तयार पारेको उनले बताए । ‘मगर भाषामा पठनपाठन गर्न गराउन योग्य शिक्षकको अभाव छ,’ डा. सिंजालीले भने, ‘यो सम्झौतासँगै मगर भाषाका शिक्षक उत्पादन हुने विश्वास लिएका छौं ।’
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


