माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्याइयो
बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२५ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ । आयोजनाको क्याम्प एरियामा उद्धार तथा खोजीका लागि बिहीबार मिनी एक्स्क्याभेटर पुर्याइएको जानकारी आयोजनाका निर्देशक गिरिराज अधिकारीले दिए । बिहीबार पनि आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी भइरहेको उनले बताए । आयोजनाको सुरुङ एरियामा नेपाली सेनाको टोलीले म्यानुअल्ली खोजीको काम गरिरहेको र बिहीबार पुर्याइएको बबक्याटले नदीको अर्कोतर्फ रहेको क्याम्प एरियामा खनेर खोजी गर्ने उनले बताए । नेपाली सेनाको हेलिकोप्टरबाट यो उपकरण आयोजनास्थल मैलुङमा पुर्याइएको उनले बताए ।
उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसियसन, कोरियाली, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डगले पनि खोजिरहेको छ । अहिले रहेको सीमित स्रोत साधनको आधारमा खोजी कार्य जारी राखिएको आयोजनाले जनाएको छ । आयोजनास्थलमा ठूला एक्स्क्याभेटरहरू पुर्याउन नसकिएको पनि अधिकारीले जानकारी दिए । नेपाली सेनाको १६ जनाको सर्च टोलीले डिसेण्डर क्षेत्रमा फेरि बिहीबार पनि सर्च गरेपनि कुनै नभेटिएको जानकारी दिएको छ । तर बिहीबार हाकुबेँशीस्थित फुलबारी त्रिशुलीको बाँया किनारमा एक शव पहिचान गरी नेपाल प्रहरीलाई जानकारी दिएको कम्पनीले जनाएको छ । कम्पनी, डुसान र पावर चाइनाका व्यवस्थापन पक्षले प्रतिनीधिहरूले बिहीबार हालसम्म भएको सर्च र उद्धारबारे संक्षिप्त जानकारी गरेको थियो, भने उपकरणको एमआई १७ हेलि लिफ्टिङको लागि अनुरोध पनि गरेको छ ।
यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग कम्पनी व्यवस्थापनले संक्षिप्त बैठक गरी हालको अवस्थाबारे जानकारी दिएको थियो । यसैगरी बिहीबार नै बेपत्ता कर्मचारीहरूका नजिकका हकदारहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्य सुरुवात भइसकेको जानकारी पनि कम्पनीले दिएको छ । बाढी आउनुअघि आयोजनास्थलमा कुल एक हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७८ जनाको उद्धार गरिएको छ ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


